२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

आज मिती २०८० साल भदौ ६ गते बुधबारको राशिफल

Logo
HeroNepal-tv प्रकाशित बुधबार, भाद्र ०६, २०८०

काठमाडौं – आज २०८० साल भदौ ६ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश:

मेष : दिन राम्रो छ। इष्टमित्रबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। धार्मिक क्षेत्रमा मन जानेछ।

वृष : बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ।

मिथुन : दिन सामान्य राम्रो छ। आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ।

कर्कट : आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीतिमा राम्रो पकड रहला।

सिंह : मानसिक रुपमा उमङ् रहने योग छ। परिवारबाट सहयोग मिल्नेछ। चरा, पन्छीलाई अन्न दिएर गरेको कामबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा फाइदा मिल्नेछ।

कन्या : सम्पत्ति आर्जन हुने दिन छ। स्वास्थ्य, शिक्षा, रोजगारमा आफू अनुकुल छ। राजनीतिमा भने जोगिएर काम गर्नुपर्ने छ। मन खिन्न हुनेछ।

तुला : आर्थिक कठिनाइ भएपनि शिक्षाको क्षेत्रमा सहयोग मिल्नेछ। दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ।

वृश्चिक : बोलीका कारण शत्रु बढ्नेछ। शान्त रहेर बस्नु फाइदाजनक छ। धार्मिक क्षेत्रमा मन बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग रहेको छ।

धनु : प्रशंसा बढ्नेछ। अरु क्षेत्रमा यथावत रहेपनि शिक्षाको क्षेत्रमा दायरा फराकिलो हुनेछ। सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत रहेको छ। लगानी भने नगर्नु उचित देखिन्छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।

मकर : दीर्घकालीन योजना नबनाएको राम्रो। आज ठूलो नाफा गर्न सकिँदैन भने अरु कार्यमा सामान्य छ। मातापिताको आशिर्वाद लिएर दिनको सुरुवात गर्नुहोला।

कुम्भ : शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ। तपाईले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ। सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ।

मीन : शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। जोश जागर बढ्नेछ। परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि.सं. : २०८३ जेठ २१ गते बिहीबार इ.सं. : 4th June 2026 (Thursday) सूर्योदय : बिहान ०५:०३ बजे सूर्यास्त : बेलुका १८:४७ बजे तिथि : द्वितीया पक्ष : आषाढ कृष्णपक्ष चन्द्रराशि : मकर ऋतु : ग्रीष्म अयन : उत्तरायण आजको राशिफल मेष राशि कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। परिश्रम अनुसारको प्रतिफल […]

आज मिति वि.सं. : २०८३ जेठ २० गते बुधबार इ.सं. : 3rd June 2026 (Wednesday) सूर्योदय : बिहान ०५:०३ बजे सूर्यास्त : बेलुका १८:४६ बजे तिथि : प्रतिपदा पक्ष : आषाढ कृष्णपक्ष प्रारम्भ चन्द्रराशि : धनु ऋतु : ग्रीष्म अयन : उत्तरायण आजको राशिफल मेष राशि आज कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। परिश्रमको उचित […]

आज मिति वि.सं. : २०८३ जेठ १९ गते मंगलबार इ.सं. : 2nd June 2026 (Tuesday) सूर्योदय : बिहान ०५:०३ बजे सूर्यास्त : बेलुका १८:४६ बजे तिथि : पूर्णिमा पक्ष : ज्येष्ठ शुक्लपक्ष चन्द्रराशि : धनु ऋतु : ग्रीष्म अयन : उत्तरायण आजको राशिफल मेष राशि व्यवसाय तथा पेशागत क्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। आर्थिक […]