०५ कार्तिक २०८३, बुधबार
21-10-2026 , Wed
×

भदौ ०४ गते सोमबारको तपाईको दैनिक राशिफल

Logo
HeroNepal-tv प्रकाशित सोमबार, भाद्र ०४, २०८०

श्री शाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० भाद्र ०४ गते सोमबार तद्अनुसार सन् २०२३ अगस्त २१ तारिख श्रावणशुक्लपक्ष पञ्चमी तिथि चित्रा नक्षत्र शुभ योग बब करण आनन्दादिमा मुद्गर योग चन्द्रमा कन्या राशिमा १५ः०७ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः३८ मा भयो र सूर्यास्त साँझ १८ः३५ बजे हुनेछ । नागपञ्चमी, बिरुडापञ्चमी । अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज अलिक अस्वस्थता महसूस होला, जसका कारण काममा बाधा पुग्न सक्छ । अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ भने विभिन्न बाध्यताले अलमल्याउन सक्ने समय छ । यसका बाबजुद मेहनत गर्दा राम्रैसँग धन आर्जन होला । पशुधन र जमिनबाट पनि सामान्य लाभ मिल्नेछ । मित्रजनको साथ प्राप्त हुनेछ । प्रतिष्पर्धी परास्त होलान् ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिगो योजना प्रारम्भ हुन सक्छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना रहेकोले सचेत भइ व्यवहार गर्नुहोला । सामान्य चुनौती देखिए पनि मेहनत गर्दा लाभ मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ । आम्दानी तथा आयआर्जनका स्रोत बढ्ने समय छ । आजको दिन वादविवादबाट बच्ने विशेष प्रयास गर्नुहोला । इष्टमित्रको साथ प्राप्त हुनेछ, आशा उत्साह थपिनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): ब्यस्ततका साथै सुख वृद्धि हुने समय छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पुराना कुनैपनि मुद्दा–मामिलामा विजयी भइनेछ भने शत्रु र रोगबाट छुटकारा मिल्ने योग छ । व्यापार तथा उद्योगतर्फ सामान्य मात्र फाइदाको होला । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । स्वास्थ्यका दृष्टिकोणले आजको दिन राम्रो छ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । घरबाट टाढिएको सन्तान हुनुहन्छ भने आज घर र विशेषगरी आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा लाभ हुनेछ । धन आर्जनको योग छ । प्रेम र मित्रताको बन्धन कसिएला । पराक्रम वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय भएपनि योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यका दृष्टिले पनि कमजोर भएको अनुभूति हुनेछ । यसका बाबजुद उद्योग र व्यापारमा विशेष फाइदा हुने योग छ । वैदेशिक कामकाजमा फाइदा होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने समय छ । खर्च पनि वृद्धि होला । हुलमुलमा धनमाल हराउन सक्छ। सचेत रहनुहोला । साथीभाइको सहयोग आवश्यक पर्ने योग छ । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुन सक्छ । तथापि, प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । साझेदारीको काम बन्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सहयोगीहरूले राम्रो साथ दिने तथा कर्मको उचित प्रतिफल पाइने समय छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । व्यवसायिक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्ति होला । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विगतका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मेहनतीहरूका लागि समय उत्साहजनक रहला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । मित्रजन एवम् घरपरिवारबाट सुखशान्ति पाहिने छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । आयबल बढ्ला । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): कर्मबलका साथै दायित्व बढ्नेछ । आजको दिन धेरैजसो समय सानातिना घरेलु काममै अल्झनुपर्ला । स्वास्थ्य सामान्य कमजोर रहनाले पढाइलेखाइमा खासै समय दिन नसकिएला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले सचेत रहनुहोला । व्यर्थको खर्चले मन पिरोल्ला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भाग्यबल बढ्ने समय छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । लाभ हुने सन्दर्भमा केही प्रतिस्पर्धा हुने सम्भावना छ, जित चाहिँ तपाईंकै हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । आफन्तको साथ मिल्नेछ । सामाजिक प्रतिष्ठा पाइनेछ । प्रियजनसंगको भेटले मन प्रफुल्ल रहला । भोगविलासमा मन जाला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): लाभ हुने काम प्रारम्भ गर्ने समय छ, तर सोखले खर्च बढाउन सक्छ । प्रयत्न गर्दा सजिलै फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । नयाँ कामका योजनाहरु बन्लान् । देखापरेको समस्याको समाधान मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता बृद्धि होला । यात्रा परक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । मीठो भोजन प्राप्त हुनेछ रहनुहुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सफलताको दर वृद्धि हुने दिनछ । विभिन्न अवसरले पछ्याउने ग्रहयोग हुनाले आज काममा सहयोगीले साथ दिनेछन् । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । केही धन र बहुमूल्य बस्तु संग्रह हुन सक्छ । मानसम्मान मिल्नेछ, आम्दानी बढ्नेछ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ, सचेत रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।

तपाईको दिन शुभ रहोस्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ कार्तिक २ गते सोमबार इ.सं. : 19th October 2026 (Monday) सूर्योदय: बिहान ०६:०६ बजे सूर्यास्त: बेलुका १७:२९ बजे तिथि : अष्टमी ०७:५३ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन शुक्लपक्ष नक्षत्र : उत्तरषाढा १४:०२ सम्म, तत्पश्चात् श्रवण योग : धृति २४:०५ सम्म, तत्पश्चात् शूल करण : बव ०७:५३ सम्म, तत्पश्चात् […]

आज मिति वि. सं. : २०८३ असोज २२ गते बिहिबार इ.सं. : 8th October 2026 (Thursday) सूर्योदय: बिहान ०६:०० बजे सूर्यास्त: बेलुका १७:४१ बजे तिथि : त्रयोदशी २१:५५ सम्म, तत्पश्चात् चतुर्दशी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पूर्वफाल्गुनी २२:०८ सम्म, तत्पश्चात् उत्तरफाल्गुनी योग : शुक्ल २६:४२ सम्म, तत्पश्चात् ब्रह्म करण : गर १०:३२ सम्म, तत्पश्चात् […]

आजमिति  वि. सं. : २०८३ असोज १८ गते आइतबार इ.सं. : 4th October 2026 (Sunday) सूर्योदय: बिहान ०५:५८ बजे सूर्यास्त: बेलुका १७:४५ बजे तिथि : अष्टमी ०७:२९ सम्म, तत्पश्चात् नवमी पक्ष : आश्विन कृष्णपक्ष नक्षत्र : पुनर्वसु २६:३० सम्म, तत्पश्चात् तिष्य योग : परिघ १५:५० सम्म, तत्पश्चात् शिव करण : तैतिल १८:१८ सम्म, तत्पश्चात् गर […]