०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

थारु कल्याणकारिणी सभा केन्द्रिय समिति मले’सियाले,“माघी” शुभकामना कार्यक्रम आयोजना गर्ने

Logo
HeroNepal-tv प्रकाशित शनिबार, पुष २८, २०८०

क्वालालम्पुर : थारु कल्याणकारिणी सभा केन्द्रिय समिति मले’सियाले तराई-मधेसको भुमिपुत्र नेपाली थारु समुदायको प्रमुख राष्ट्रिय पर्व “माघी”को अवसरमा शुभकामना कार्यक्रम आयोजना गर्ने तय भएको छ ।

शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित हुने नेपाली जनसमुदायको लागि थारु समुदायको संस्कृति झल्किने नृत्य प्रस्तुति को साथै थारु समुदायको प्रमुख परिकार घोङ्गी , बगिया , ढिकरी लगायत खानाको समेत ब्यवस्था गरिएको आयोजक संस्था थाकसका सभापति मनिराम चौधरीले बताए ।

माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम यहीँ मिति सन् २०२४ जनवरी १४ तारिख आईतवार क्वालालम्पुरमा अवस्थित गैर आवासीय नेपाली संघ (एनआरएनए) मले’सियाको कार्यालय सभा हलमा आयोजना हुने तय भएको थाकस मलेसिया समितिका सभापति मनिराम चौधरीले बताए ।

साथै आईतवारको माघी शुभकामना आदानप्रदान कार्यक्रममा मलेसियामा रहनु भएका सम्पुर्ण नेपाली जनसमुदाय उपस्थित हुन मिल्ने सभापति चौधरीले बताए ।

थाकस मलेसियामा सन् २०१६ मा स्थापित एक जातीय सामाजिक संस्था हुन् । थाकस मलेसियाले आफ्नो स्थापना कालदेखि नै मलेसियामा रहेका पीडित नेपाली संगै नेपालमा समेत सक्दो आर्थिक भौतिक सहयोग गर्दै आईरहेका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आज मिति वि. सं. : २०८३ असोज ६ गते मङ्गलबार इ.सं. : 22th September 2026 (Tuesday) सूर्योदय: बिहान ०५:५२ बजे सूर्यास्त: बेलुका १७:५९ बजे तिथि : एकादशी १९:५७ सम्म, तत्पश्चात् द्वादशी पक्ष : भाद्र शुक्लपक्ष नक्षत्र : उत्तरषाढा ०६:४६ सम्म, तत्पश्चात् श्रवण योग : अतिगण्ड १७:१९ सम्म, तत्पश्चात् सुकर्मा करण : वणिज ०७:१० सम्म, तत्पश्चात् […]

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]