२५ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

समाचार

पहिलो बलमै कुशल आउट भए

काठमाडौँ। एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ। अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा जारी खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भएका हुन्। जुनेद सिद्दीकीको बललाई खेल्न खोज्दा उनी सैय्यद हैदरवाद क्याच आउट भए। साउदी अरबविरुद्धको खेलमा पनि कुशलले खाता खोल्न सकेका […]

चितवन । ख्याउटो शरीर, थकित अनुहार, अनि विरक्त भावभङ्गीमा सोमबार एक महिला चितवन प्रहरीको कन्ट्रोल रुममा बसिरहेकी थिइन् । कुरा गर्दा थाहा भयो काठमाडौं ४ धुम्बाराही घर भएकी प्रनिता ढकाल (नाम परिवर्तन) रहिछन् । कुरा गर्ने क्रममा लाटिएकी जस्ती भएकी उनले सुरुमै रुँदै भनिन्, ‘म सोझीको सबै सकाइदियो ।’ बिज्ञापन ४५ वर्षकी प्रनिता एकल महिला […]

सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ। बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विष्णु विकको उपचारका क्रममा बुधबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी […]

नयाँदिल्ली । ड६ बैशाख – भारतले मोबाइल निर्यातमा ठूलो फड्को मारेको छ । समाचार अनुसार आइफोनको निर्यात दोब्बर भएको छ । भारतबाट एप्पलको आईफोन निर्यात २०२३–२४ मा १२.१ बिलियन अमेरिकी डलर पुगेको छ, जुन आर्थिक वर्ष २०२२–२३ मा ६.२ बिलियन अमेरिकी डलर थियो। ट्रेड भिजनले जारी गरेको एक रिपोर्टले सो तथ्यांक बाहिरिएको हो । ट्रेड […]

दाङ । दाङ बबई गाउँपालिका वडा नं. ५ जलुकेकी ३० बर्षिया कौशिला नेपालीलाई मंसिर २३ गते सुत्केरी व्यथा लाग्यो । सुत्केरी हुन कौशिला, उनका श्रीमान यम वहादुर र अन्य आफन्ति सहित तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा गए । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले केश जटिलको कारण देखाउदै तुरुन्त नेपालगञ्ज लैजान सल्लाह दियो राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सहजै […]

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्ने आज अन्तिम दिन हो । आज साँझ ५ बजेसम्म दाबी पेस गर्ने समयसीमा रहेको छ । यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुखले थप दुई दिनको समय दिएका थिए । उक्त दुई दिनको समय आज साँझ सकिनेछ । सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसदद्वय लक्ष्मणकिशोर चौधरी […]

प्रजातन्त्र  (राप्रपा)ले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको मृत्यु भएको छ। राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएकाे राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले चैत्र २७ गते काठमाडौंमा प्रदर्शन गरेकाे थियाे। प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरीले […]

सुर्खेत । नेकपा एमाले ठाँटीकाँध गाउँ कमिटी दैलेखले २०८१ साललाई युथ प्रोफाइल निर्माण वर्षको रुपमा मनाउने निर्णय गरेको छ। गत चैत २८ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। गाउँ कमिटी सचिव रमेश विकले १८ वर्षदेखि ४० वर्ष उमेर सम्मका युवाहरूको सर्वपक्षीय विवरण संकलन गरि २०८१ लाई युथ प्रोफाइल संकलन वर्षको रूपमा मनाउने निर्णय भएको […]

काठमाण्डाै :  नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज (साेमबार) ब्रेक थ्रू हुँदैछ। नागढुङ्गा सुरुङ निर्माण परियोजनाले एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको जनाएकाे छ। सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुँदैछन्। चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ६७ मिटर रहेको छ। […]

काठमाडौं । इंग्ल्यान्डको पाँचौं डिभिजनको क्लबसँग खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज नेपाली टिम सार्वजनिक गर्दा आयुष घलान, दीप कार्की र सुरजज्यू ठकुरीलाई भने बोलाएको छैन । प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनिसले २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । यसअघि बहराइनसँग फिफा विश्वकप छनोट खेलेको […]